सभामुखविरुद्ध मुद्दा हेर्न नभ्याइनेमा

178

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा सर्वोच्च अदालतले हेर्न नभ्याइनेमा राखेको छ।

सापकोटामाथि व्यक्ति हत्याको कसूरमा अनुसन्धान हुनुपर्ने मागदाबीसहित दायर भएको निवेदनमाथि सुनुवाईका लागि बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासमा पेसी तोकिएको थियो। तर, अन्य मुद्दाको चापका कारण हेर्न नभ्याइएको हो।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबराका अतिरिक्त न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन्। सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा बुधबार सुनुवाईका लागि तोकिएका मुद्दाको सूचीमा १० औं नम्बरमा रहेको छ। यो मुद्दा आठ वर्षदेखि सर्वोच्चमा विचाराधीन रहेको छ। छ वर्षदेखि संवैधानिक इजलासमा पेशी चढ्ने, सुनुवाइ सर्ने हुँदै आएको छ।

सापकोटा र पूर्वराज्यमन्त्री सूर्यमान दोङलगायत नेताविरुद्ध काभ्रेकी पूर्णिमाया लामाले दायर गरेको निवेदनमा प्रधानन्यायाधीशसहित पाँचजना न्यायाधीशको इजलासमा पेशी रहेको छ।  २०७२ चैत २२ गते सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासमा पठाएको थियो। उक्त आदेशपछि संवैधानिक इजलासमा पटक-पटक पेशी चढ्ने अनि सुनुवाइ सर्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here