कुम्भमेलाबाट नेपाल फर्किएका पूर्वराजा ज्ञानेन्द्र कोरोना सङ्क्रमण

231

काठमाडाैं । भारत भ्रमणबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहमा कोरोनाभाइरस सङ्क्रमण देखिएको उनका एक निकट सहयोगीले पुष्टि गरेका छन्। ज्ञानेन्द्र शाह भारतको हरिद्वारमा आयोजित कुम्भमेलामा सहभागी हुन गत साता भारत गएका थिए।

पूर्व राजा ज्ञानेन्द्र तथा पूर्व रानी कोमल भारत भ्रमणबाट फर्किएपछि गरिएको पिसीआर परीक्षणमा पोजिटिभ देखिएको उनका सहयोगी फणिराज पाठकले जानकारी दिएका छन्। हाल दुवैजना निर्मल निवासमा आइसोलेसनमा बसिरहेको उनले जनाएका छन्। पूर्व राजा दिल्ली हुँदै आफ्नी पत्नी कोमलसँग नेपाल फर्किएका हुन्। गत साता मङ्गलवार उनले गङ्गास्नान गरेका थिए।

भारतमा कुम्भमेलामा सहभागी सयौँ मानिसलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा प्रेषित केही सामग्रीमा उनले स्नान गर्न लागेको दृश्य प्रकाशित भएको थियो। सामाजिक सञ्जालमा ज्ञानेन्द्रले भारतीय सञ्चारमाध्यमलाई हरिद्वारबाटै प्रतिक्रिया दिएको भिडिओ पनि छ।

नेपाल फर्किनुअघि भारतमा गराएको पीसीआर परीक्षणमा उनमा कोरोनाभाइरस सङ्क्रमण नदेखिएको उनीसँगै यात्रा गरेका उनका सहयोगी पाठकले बीबीसीलाई बताएका थिए। हवाईयात्राका लागि ७२ घण्टाभित्रको परीक्षण प्रतिवेदन आवश्यक पर्ने भएकाले उनले त्यहाँ परीक्षण गराएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here