भारतमा चौबिस घण्टामा २०२३ जनाको मृत्यु, झण्डै तीन लाख संक्रमित

111

काठमाडौँ/भारतमा पछिल्लो चौबिस घण्टामा झण्डै तीन लाख कोरोना संक्रमित थपिएका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार चौबिस घण्टामा २ लाख ९५ हजार ४१ जनामा संक्रमण पुष्टि भएको हो। एकै दिन मृत्यु हुनेको संख्या पनि भारतमा दुई हजार नाघेको छ। मंगलबार कोरोना संक्रमित २०२३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

भारतमा पछिल्लो एक हप्ता यता लगातार दुई लाख भन्दा धेरै संक्रमित फेला परिरहेका छन्। कोरोना संक्रमणका कारण अहिलेसम्म भारतमा १ लाख ८२ हजार ५ सय ५३ मानिसकाे मृत्यु भइसकेकाे छ। भारतमा अहिलेसम्म एक करोड ५६ लाख भन्दा धेरै मानिसमा संक्रमण भइसकेको छ। अहिले भारतमा सक्रिय कोरोना संक्रमितको संख्या २१ लाख ५७ हजार ५३८ रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here