भरत समारीको ‘कुखुरी काँ’ सार्बजनिक

106
भरत समारीको ‘कुखुरी काँ’ सार्बजनिक र्यापर तथा हिप-पप गायक भरत समारीको ‘कुखुरी काँ’ सार्बजनिक भरत समारीको नयाँ र्याप हिप हिप हप जेनरको गीत’कुखुरी काँ’को भिडियो सार्बजनिक र्यापर तथा हिप-पप गायक भरत समारीको नया र्याप गीत ‘कुखुरी काँ’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । नेपाली सांगीतिक आकाशमा दर्जनौ चर्चित र्याप गीत तथा अन्य गीतहरु पस्किसकेका गायक पछिल्लो समय चर्चामा पनि रहेका छन । आजभोली विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय कार्यक्रममा समेत ब्यस्त हुँदै आएका समारी आफुले यस् क्षेत्र मार्फत विश्वमा आफ्नो र आफ्नो देशको छुट्टै पहिचान बनाउने कुरामा पनि विश्वस्त छन । गीतमा शब्द संगीत तथा अभिनय गायक स्वयम् भरत समारिको रहेको छ । गीतको भिडियोमा ब्याक भोकल बुद्धि तामाङ, ब्याक ग्राउण्ड स्कोर नरेन्द्र वियोगीको रहेको छ भने गीतमा अल्मोडा राना उप्रेतीको संगीत संयोजन रहेको छ । भिडियोमा गायक समारीसंगै, जिबेश गुरुङ, किशोर भण्डारी, श्रीहरि दाहाल, अल्मोडा राना उप्रेती, मानस राज लगायत अन्य थुप्रै कलाकारहरुको बेजोड अभिनय रहेको छ । भिडियोमा मानस राजको निर्देशन तथा कन्सेप्टमा तयार पारिएको भिडियोमा छायांकन ज्ञानेन्द्र शर्मा हुमागाईं, नृत्य निर्देशन सन्तोष राजबाहक, ड्रोन अप्रेटिङ रिकी कर्माचार्यको रहेको छ,। संजय शाहको निर्माणमा बनेको भिडियोलाई नेपालय इभेन्ट्सको अफिसियल यूट्यूब च्यानल मा र्फत सार्वजनिक गरिएको छ । गीत र भिडियो उत्तिकै रमाइलो बनेको छ र दर्शक स्रोताले भरपुर् मनोरंजन लिनुहुनेछ भन्नेमा ढुक्क छु भन्छन गायक भारत समारी । साथै सबै दर्शक श्रोता तथा सञ्चारकर्मीहरुलाई एकचोटी समय निकालेर भिडियो हेरिदिन तथा सल्लह सुझाब दिन हुन हृदयदेखी नै आभार व्यक्त गरे भने यो गीत र भिडियो बनाउन सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गर्न चाहेको कुरा पनि बताए ।
https://www.youtube.com/watch?v=bq_4EgxfQxs

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here