काेराेनाकाे दाेस्राे लहरका कारण पाँच देश जाने विद्यार्थीको ‘नो अब्‍जेक्‍सन’ पत्र रोकियो

290

काठमाडौं । काेराेना भाइरस (कोभिड-१९) काे दाेस्राे लहरका शिक्षा मन्त्रालयले दिने वैदेशिक अध्ययन स्वीकृतिपत्र अर्थात ‘नो अब्‍जेक्‍सन लेटर’ वितरणको काम रोकेको छ ।

विदेश पढ्न जाने विद्यार्थीले अनिवार्य रुपमा यो पत्र लिनुपर्छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लैनचौर केशरमहलमा रहेको कार्यालयबाट ‘नो अब्जेक्सन’ पत्र वितरण गर्दै आएको थियो ।

तर कोभिड १९ का कारण जोखिम बढ्नुका साथै स्वास्थ्य मापदण्ड लागु भएपछि शिक्षा मन्त्रालयले पत्र वितरण गर्न रोक लगाएको हो । तत्काललाई जापान, अष्ट्रेलिया, चीन, दक्षिण कोरिया र बंगलादेश जाने विद्यार्थीलाई ‘नो अब्जेक्सन’ पत्र वितरण रोकिएको मन्त्रालयले विज्ञप्ति निकालेर जनाएको छ ।

यद्यपी विदेशमा रहेका विद्यार्थीको स्वीकृतिपत्र भने निरन्तर जारी गरिने मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ । नेपाली विद्यार्थी अध्ययनका लागि चीन, जापान र अष्ट्रेलिया धेरै जाने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here