बाँकेमा कोरोना भाइरसबाट महिलाको मृत्यु

81

काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले  नेपालगञ्ज उपमहानगरपालिका-१७ की ८६ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको जनाए ।

७ वैशाखमा गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएकोमा त्यसको भोलिपल्ट उनी अस्पताल भर्ना भएकी थिइन् ।

ओलीले  उपचारको क्रममा बिहीबार बिहान करिब २:१५ बजे उनको मृत्यु भएको  जनाए ।  योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here