आजदेखि नेपाल सुपर लिग एनएसएल सुरु

413

काठमाडौं । नेपाल सुपर लिग एनएसएल आज सुरु हुँदैछ। यो नेपालमा पहिलोपटक हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता हो।

प्रतियोगिताको पहिलो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे काठमाडौं रेजर्स र ललितपुर सिटी भिड्दैछन्। दुवै टिम आजको खेलमा जित निकाल्दै सुखद् सुरुवात गर्ने दाउमा छन्।

गत चैत ६ मा सम्पन्न अक्सनमा उत्कृष्ट टिम छनोट गरेको दाबी गरेका दुवै टिमले आजको खेलमा जित निकालेर उपाधि रक्षाका लागि सुरुदेखि दाबी प्रस्तुत गर्ने तयारीमा छन्। प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीले आफूहरू जित निकाल्न आतुर रहेको बताएका थिए। कोरोना महामारीका कारण खेलमा दर्शकलाई भने निषेध गरिएको छ।

काठमाडौं र ललितपुरसहित एफसी चितवनधनगढीबुटवललुम्बिनीविराटनगर र पोखरा थन्डर्स गरी सात टिम सहभागी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको लिग आयोजक नेपाल स्पोर्टस् एन्ड इभेन्ट मेनजेमन्ट प्रालिले जनाएको छ।

सुपर लिगको विजेताले ३५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताको विजेताले ३५ लाख तथा उपविजेताले १५ लाख नगद पुरस्कार पाउने छन्। यसैगरि उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले एक–एक लाख रुपैयाँ नगद पुरस्कार पाउने छन्।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीलाई राइजिङ्ग स्टारका रुपमा पुरस्कृति गरिने आयोजकले जनाएको छ। हरेक खेलको म्यान अफ दि म्याचले २५ हजार नगद पुरस्कार पाउने छन् भने प्रत्यक खेलका इमर्जिङ्ग स्टार खेलाडीले १० हजार नगद पाउने छन्।

केही समयअघि सुपर लिगका लागि सबै टोलीले मार्की खेलाडीप्रशिक्षक चुनिसकेका छन् भने अन्य खेलाडीलाई अक्सनमार्फत आफ्नो टिममा भित्र्याएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here