बाग्मती प्रदेशकाे सम्पदा तथा वातावरण विभागमा सुमित रन्जित

383

काठमाडौं। विवकेशील साझा पार्टी बाग्मती प्रदेशले सम्पदा तथा वातावरण विभाग बैशाख १२ गतेे गठन गरेका छन् ।

पार्टीको बाग्मती प्रदेश समितिका सदस्य सुमित दास रन्जितकारको नेतृत्वमा विभाग गठन गरिएको हो।  विवेकशील साझाले पार्टीका केन्द्रिय सदस्य तथा प्रदेश सभा सांसद बिराज भक्त श्रेष्ठको नेतृत्वमा यस अघि नै सम्पदा तथा वातावरण विभाग गठन गरिएकाे थियाे ।

संघीय सम्पदा तथा वातावरण विभागलाई प्रदेश तथा जिल्लामा समेत विस्तार गर्ने योजना अनुरुप बाग्मती विभाग गठन गरिएको हो। रन्जित प्रमुख रहेको बाग्मती प्रदेशको सम्पदा तथा वातावरण प्रविधि विभागमा रितेश मल्ल, पबित्र स्थापित, श्यामकृष्ण श्रेष्ठ, दुर्गा साही गिरि, रुपक श्रेष्ठ, कपिल कर्माचार्य, सुमन मानन्धर, अमृता श्रेष्ठ,  र राज खड्का सदस्य रहेका छन्।

प्रदेशस्तरमा पार्टी, सम्पदा तथा वातावरण संरक्षण सम्बर्द्धन  कार्यकाे थालनी गर्ने  सुमित रन्जितकारले जनाए।  उनले संघीय विभागले गर्ने कार्यहरूबाट प्रदेशमा  सहजीकरण समेत जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here