पर्सामा २४ घण्टा नपुग्दै कोरोना संक्रमित पाँच महिलाको मृत्यु

86

पर्सा/पर्सामा २४ घण्टा नपुग्दै कोरोना संक्रमित ५ जना महिलाको मृत्यु भइसकेको छ। मंगलबार बिहान दुईजना सहित पछिल्लो २४ घण्टाभित्र त्यहाँ ५ जना महिलाले ज्यान गुमाएका हुन्‌।सोमबार बिहान साढे ९ बजे वीरगञ्‍ज-६ आदर्शनगरकी ६० वर्षीया महिलाको मृत्यु भएको थियो। त्यसयता पनि पर्सामा थप ४ जना संक्रमित महिलाको मृत्यु भएको हो। तीन जना महिलाको सोमबार साँझसम्म मृत्यु भइसकेको थियो। मंगलबार बिहान १ बजेर २४ मिनेटमा ४० वर्षीया र बिहान ३ बजे ६५ वर्षीया महिलाको पनि मृत्यु भएको नारायणी अस्पतालले जानकारी दिएको छ।

यी दुई महिलासहित २४ घण्टाभित्रै पर्सामा ५ जना महिलाको मृत्यु भइसकेको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले बताए। पछिल्लो पटक मृत्यु भएका महिलासहित पर्सामा कोरोनाका कारण निधन हुनेको संख्या १६ पुगेको छ। अस्पतालले जानकारी दिएअनुसार जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ बारा कि ४० वर्षीया र पर्साको वीरगञ्‍ज महानगरपालिका वडा नम्बर २५ सिर्सियाकी ६५ वर्षीया  महिलाको मंगलबार बिहान मृत्यु भएको हो। आज बिहानपख ज्यान गुमाएका ती दुवै महिला नारायणी अस्पतालमा उपचार निम्ति भर्ना गरिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here