सरकारलाई संकटसँग लड्नका लागि देशका सम्पूर्ण शक्ति परिचालन गर्न राप्रापाद्वारा आग्रह

159

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय संकटसँग लड्नका लागि देशका  सम्पूर्ण राजनीतिक, आर्थिक, बौद्धिक र प्राविधिक शक्तिलाई एकीकृत गरी प्रभावकारी रुपले तत्काल परिचालन गर्न सरकारसँग आग्रह गरेका छन् ।

शनिबार राप्रपाका तीन अध्यक्ष पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त विज्ञप्ति जारी गर्दै कोरोना संक्रमितको निःशुल्क र सहज उपचार हुने व्यवस्था तत्काल मिलाउन पनि आग्रह गरेका छन् ।

तीन अध्यक्षद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रभावकारी कूटनीतिक प्रयासद्वारा संसारको कुनै पनि देशबाट कोरोनाविरुद्धको खोप उपलब्ध गराई सहज रुपले सम्पूर्ण नेपालीलाई खोप लगाइहाल्ने प्रभावकारी व्यवस्था तत्काल गर्न नेपाल सरकारसँग राप्रपा हार्दिक अपिल गर्दछ ।’

यस कार्यमा सरकारसँग आवश्यक समन्वय गरी सहयोग गर्न राप्रपा तयार रहेको विज्ञप्तिमा जनाइएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here