काेराेना दोस्रो लहरले अर्थतन्त्रमा पुनः असर

125
sf7df8f}F, !% sflQs-/f;;_M /fli6«o ;dfrf/ ;ldlt-/f;;_nfO{ cGt/jftf{ lbg] qmddf lvlrPsf] cy{dGqL lji0f' kf}8]nsf] t:jL/ . t:jL/ M k|bLk/fh jGt,/f;;

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ को पहिलो लहरबाट क्षति पुगेको अर्थतन्त्र पुनरुत्थानकै क्रममा रहेका बेला दोस्रो लहरले अर्थतन्त्रमा पुनः असर पार्ने बताएका छन्। नेपाल अर्थिक पत्रकार समाज(सेजन)ले आगामी आर्थिक वर्ष २०७७र७८ को बजेटका सम्बन्धमा दिएको सुझाव ग्रहण गर्दै अर्थमन्त्री पौडेलले पहिले जनताको जीवन रक्षा र त्यसपछि अन्य विषयमा ध्यान केन्द्रित हुने बताए ।

अर्थ मन्त्रालयका अनुसार यतिबेला सरकारको सर्वाधिक प्राथमिकता जनताको जीवन रक्षा रहेको भन्दै उनले कोभिड–१९ विरुद्धको अभियानमा साथ दिन सबैलाई अनुरोध गरे । कोभिड–१९ को दोस्रो लहरबाट हुने क्षतिलाई न्यूनीकरण र रोकथाम गर्न सरकारले सबै प्रयत्न जारी राखेको भन्दै अर्थमन्त्री पौडेलले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न सबैलाई आग्रह गरे ।

अर्थ मन्त्रालयका अनुसार कोभिड–१९ का बिरामीको परीक्षण र उपचार सरकारको प्राथमिकतामा रहेको उनले स्पष्ट पारे । उनले सरकार विषम परिस्थितमा अघिल्लो पटक कोभिड–१९ का बेलाका सिकाइलाई समेत आधार मान्दै अघि बढेको बताए।

अर्थमन्त्री पौडेलले सबैको साथ र सहयोगले कोभिड–१९ विरुद्धको लडाइँ जित्नुको विकल्प नभएको जनाएका छन् । उनले वातावरण सहज पार्न र पूर्वाधारहरू बढाउन प्रदेश सरकार र स्थानीय तहसँग पनि थप समन्वय भइरहेको जानकारी दिँदै जनशक्ति परिचालनमा पनि ध्यान दिएको बताए । गोरखापत्र दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here