नेप्से झिनो अंकले सुधार

6

काठमाडाैं/साताको तेस्रो कारोबार दिन मंगलबार नेपालको पुँजीबजार मापक नेप्से झिनो अंकले बढेको छ। कारोबार रकम भने घटेको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.९२ अंकले बढेर २६५४.६९ विन्दुमा कायम भएको छ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.३२ अंकले बढेर ४७५.४५ विन्दुमा कायम भएको छ।

नेप्से परिसूचक बढे पनि सोमबारको तुलनामा आज कारोबार रकम घटेको छ। आज कूल छ अर्ब पाँच करोड २२ लाख ३६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज २१३ वटा कम्पनीका एक लाख ३० हजार १८३ कित्ता सेयर ६८ हजार ३१९ पटक खरिद-बिक्री भएका थिए।

आज समता घरेलु लघुवित्त वित्तीय संस्था र घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ। चन्द्रागिरि हिल्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता १.९८ प्रतिशतका दरले गुमाएका छन्।

आज एनसीसी बैंक लिमिटेडको सबैभन्दा धेरै २३ करोड नाै लाख ६४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। सङ्ख्यात्मक आधारमा पनि एनसीसी नै अगाडि रह्यो। आज उक्त बैंकका छ लाख २७ हजार ४२० कित्ता सेयर किनबेच भएका थिए।

आज जलविद्युत्, इन्भेस्टमेन्ट, माइक्रोफाइनान्स, उत्पादन तथा प्रशोधन र म्युच्अल फण्ड समूहका परिसूचक उकालो लाग्दा अन्य समूह ओरालो लागेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here