जर्मनीमा संक्रमण निको भएका व्यक्तिमाथिको प्रतिबन्ध फुकुवा गर्ने

65

एजेन्सी ।  जर्मनीले कोरोना भाइरसविरुद्धको खोप लगाएका तथा संक्रमण निको भएका व्यक्तिमाथिको प्रतिबन्ध फुकुवा गर्ने भएको छ ।

चान्सलर एङ्गेला मर्केलको अध्यक्षमा सोमबार बसेको ‘कोरोना क्याबिनेट’ को बैठकले खोप लगाएका तथा संक्रमण निको भएका व्यक्तिहरुमाथि सार्वजनिक स्थानमा भेला हुन नपाउने नियम लागु नहुने निर्णय गरेको हो । तर आलोचकहरुले भने खोप लगाउन नपाएका बालबालिका तथा किशोरकिशोरीका लागि यसले अन्याय गर्ने जनाएका छन् ।

तर सरकारी निर्णय अनुसार कोभिड–१९ खोप लगाएका तथा संक्रमण निको भएकाहरुलाई कर्फ्यू एवम् सामाजिक भेलामा प्रतिबन्ध नलाग्ने भएको हो । यो नियम यहि हप्तादेखि लागु हुने जनाइएको छ ।

खोप लगाएका तथा संक्रमण निको भएकाहरुबाट अरुलाई जोखिम नहुने भएकाले प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरिएको जर्मन अधिकारीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई जनाएका छन् ।

जर्मन संसदले पारित गरेपछि नयाँ व्यवस्था लागु हुनेछ । यहि हप्ता नै संसदले सो निर्णय पारित गर्ने अपेक्षा रहेको कानून मन्त्री क्रिष्टिन लामब्रेचले जनाएकी छन् । विगत ६ महिनादेखि कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि प्रतिबन्धात्मक नियमहरु लागु छन् ।

जर्मनीमा हालसम्म दुई करोड ३५ लाख मानिसले कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा एक मात्रा लगाएका छन् । त्यसमध्ये ६६ लाख भन्दा धेरैले खोपको पूर्ण मात्रा लगाएका छन् । तर यो कुल जनसंख्याको मात्रै ८ प्रतिशत हो ।

६० प्रतिशत भन्दा बढि जनसंख्यालाई कम्तीमा एक मात्रा खोप दिएको इजरायलमा संक्रमण लगभग शून्यमा झरेको छ भने अधिकांश प्रतिबन्धात्मक उपायहरु फुकुवा भएका छन् ।

३२ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा एक मात्रा लगाएको अमेरिकामा पनि बिस्तारै प्रतिबन्धात्मक उपायहरु फुकुवा भइरहेका छन् र संक्रमण दर पनि कम भइरहेको छ ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलले गएको हप्ता खोपको पूर्ण मात्रा लगाएका व्यक्तिले खुला स्थान तथा खोप लगाएकाहरुको सानो समूहमा भेला हुँदा मास्कको प्रयोग गर्नु नपर्ने जनाएको थियो । यस्तै २३ प्रतिशतलाई कोरोना भाइरसविरुसद्धको खोपको कम्तीमा एक मात्रा लगाउन सफल भएको बेलायतमा पनि बिस्तारै लकडाउन थप फुकुवा गर्ने तयारी भएको छ ।

किनेमेल जान, सैलिनुमा जान तथा खुला स्थानमा भेटघाट गर्न लाग्दै आएको प्रतिबन्ध बेलायतमा फुकुवा भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here