भोटेकोशी जलविद्युत परियोजनाको आईपीओ बिक्री खुला

97

काठमााडौं । मध्य भोटेकोशी जलविद्युत परियोजनाको आईपीओ  वैशाख २१ गतेदेखि बिक्री खुला भएको छ। कम्पनीले हाल आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि मात्र सेयर निष्कासन गरेको हो। कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीयलाई ६० लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो। जसमध्ये ३०% ले हुन आउने १८ लाख कित्ता सेयर भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ (साविकको लिस्ती र मार्मिङ गाविस) तथा बाह्रबिसे नगरपालिकाको वडा नम्बर ५,६,७ र ८ (साविकको गाती, घुम्थाङ र मानेश्वरा गाविस) का स्थानीयलाई छुट्याइएको छ।

यस्तै, ७०% ले हुन आउने ४२ लाख कित्ता सेयर भने सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका स्थानीयका लागि छुट्याइएको छ। यसमा छिटोमा जेठ ४ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै सेयर बिक्री नभएमा जेठ २० गतेसम्म आवेदन दिन सकिनेछ । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँमा आइपीओ भर्न सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम ४ सय कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, मेगा बैंक, एनसीसी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, बैंक अफ काठमान्डू , एनआइसी एसिया बैंक र सन्धु विकास बैंकको सिन्धुपाल्चोक शाखा कार्यालयबाट आवेदन दिन सक्ने सकिने बिक्री प्रकन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।

मध्य भोटेकोशी जलविद्युत् सन् २०१० मा स्थापना भएको कम्पनी हो । यसले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावटको मध्य भोटेकोशी आयेजना निर्माण गरिरहेको छ। यस कम्पनीको चुक्ता पुँजी करिब ६ अर्ब छ । यस्तै, सर्वसाधारण र संस्थापकको सेयर हिस्सा ५१ः४९ रहने पनि कम्पनीले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here