लाइसेन्स बनाई दिने भनी सर्वसाधारणलाई ठगी गरेको आरोपमा पक्राउ

90

जनकपुरधाम/महोत्तरीको बर्दिवासबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाई दिने भनी सर्वसाधारणलाई ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–९ का २३ वर्षीय विमल न्यौपाने रहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ। न्यौपाने विभिन्न व्यक्तिहरुसँग यातायात व्यवस्था सेवा कार्यालय बर्दिबासबाट लाइसेन्स बनाई दिने भन्दै विभिन्न व्यक्तिसँग रकम असुली गरेको प्रहरीले जनाएको छ।

साथै, लाइसेन्स परीक्षाको प्रवेशपत्रमा किर्ते छाप बनाएर प्रयोग गरेको पाइएको इलाका प्रहरी कार्यालय बर्दिवासका इन्चार्ज डिएसपी वीरेन्द्र थापाले बताए। न्यौपानेलाई जिल्ला अदालत महोत्तरीबाट १० दिनको म्याद थप गरि हिरासतमा राखी थप अनुसन्धान थालिएको थापाले जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here