पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट १४ हजार ८९ जनाको मृत्यु

48

काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १४ हजार सय ८९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट १४ हजार ८९ जनाको मृत्यु भएको हो ।

हालसम्म विश्वभर १५ करोड ५८ लाख ११ हजार ५५८ मा कोरोना संक्रमण भएको छ । त्यस्तै, १३ करोड ३१ लाख ०२ हजार ३१९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३२ लाख ५४ हजार ८१० जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ३ हजार ४७५ जनाको ज्यान गएको छ । ६६ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने ३ लाख ५९ हजार ६१० जनामा संक्रमण भइसकेको छ ।

त्यस्तै, २ लाख ८९ हजार ७८३ भन्दा बढी निको भइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here