पछिल्लो २४ मा उपत्यकामा ४,१०६ जना काेराेना संक्रमितसहित ९,०२३ जना थपिए , ५० जनाकाे मृत्यु

91

काठमाडौं । नेपालमा कोरोनाभाइरसका नौ हजार २३ नयाँ सङ्क्रमितको पहिचान गरिएको छ । पछिल्लो चौबीस घण्टामा १९ हजार ९८७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा नौ हजार २३ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या तीन लाख ७७ हजार ६०३ पुगेको जनाएको छ । मन्त्रालयले सोही अबधिमा ४९५ जनाको एन्टीजेन परीक्षण गरिएकोमा १७३ जनामा पोजेटिभ पाइएको छ । पछिल्लो चौबीस घण्टामा दुई हजार ९०५ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म कोरोनामुक्त हुने दुई लाख ९५ हजार ३९५ पुगेको छ । कोरोनाबाट निको हुने दर ७८.२ प्रतिशतमा झरेको छ ।

यसका साथै काठमाडौं उपत्यकामा कोरोनाभाइरसका चार हजार १०६ जना सङ्क्रमित थपिएका छन् । उपत्यकाका तीन जिल्लामा चार हजार १०६ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा तीन हजार ८९, भक्तपुरमा ३७४ र ललितपुरमा ६४३ जना गरी चार हजार १०६ नयाँ सङ्क्रमितको पहिचान गरिएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै काठमाडौं उपत्यकामा ३४ हजार ६२१ जना सक्रिय सङ्क्रमित पुगेका छन् । काठमाडौंमा हाल २५ हजार ९४०, ललितपुरमा पाँच हजार ४२९, र भक्तपुरमा तीन हजार २५२ जना सङ्क्रमित छन् ।

मन्त्रालयका अनुसार हाल ७८ हजार ६२९ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । त्यसैगरी, हाल ३८० जना क्वारेन्टिनमा छन् ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ५० जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट हालसम्म तीन हजार ५७९ जनाको मृत्यु भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here