काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि जेठ ६ मा हुने उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले पनि उम्मेदवारी दिएका छन् ।
पार्टीका नेता कृष्णबहादुर तामाङले आज हेटौंडास्थित निर्वाचन अधिकृत कार्यालय पुगेर मनोनयन दर्ता गरेका हुन्। उनी नेमकिपाका केन्द्रीय सदस्य हुन्।
प्रस्तावक नेमकिपाका प्रदेश सांसद सुरेन्द्रराज गोसाईँ र प्रदेश सांसद सिर्जना सायँजुको समर्थनमा उनले उम्मेदवारी दिएका हुन्।
उपनिर्वाचनमा नेकपा एमालेबाट गृहमन्त्री रामबहादुर थापा बादल र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत गठबन्धनबाट संघीयताविज्ञ खिमलाल देवकोटाले उम्मेदवारी दिएका छन्।

















