आन्ध्र प्रदेशमा खानी विस्फोटन हुँदा १० जना मजदुरको मृत्यु

198

काठमाडाैं । भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा एउटा खानीमा भएको विस्फोटनमा कम्तीमा १० जना मजदुरको मृत्यु भएको छ। अधिकारीहरुका अनुसार शनिबार आन्ध्र प्रदेशको मुख्य शहर अमरावतीबाट करिब २८१ किलोमिटर दक्षिणपश्चिमको मामिलापाल्ले गाउँमा रहेको चुन खानीमा उक्त विस्फोट भएको थियो।

खानी भित्र एउटा डेटोनेटर पड्काउँदा विस्फोट भएको जनाइन्छ। उक्त दुर्घटनामा अझै दश जना हराइरहेको जनाइएको छ भने मृतक पाँच जनाको पहिचान खुलेको छ।

दुर्घटना लगत्तै प्रहरी र स्थानीय बासीहरु खानीका मजदूरको खोज तथा उद्धारका लागि परिचालन भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here