-राज्यलक्ष्मी शाक्य
नेपाली जनता यतिबेला बिना अभिभावकका सन्तान जस्ता भएका छन् । पीसीआर जाँचका आधारमा मृत्यु र सङ्क्रमण सङ्ख्या जानकारी गराउने बाहेक सरकारको कुनै भूमिका छैन ।
पीसीआर जाँचका आधारमा पछिल्लो सरकारी आँकडाले नेपालमा २० देखि ४० वर्षको उमेर समूहका व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमणको दर उच्च रहेको र ३० देखि ५० वर्षको उमेर समूहका व्यक्तिले कोरोनाभाइरसका कारण ज्यान गुमाउने क्रम पनि बढ्ने क्रममा रहेको देखिएको जनाईएको छ।
स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको गत वर्ष चैत १ गतेदेखि यो वर्ष वैशाख १६ गतेसम्मको उमेर समूह अनुसारको सङ्क्रमण र मृत्युको तथ्याङ्कमा यस्तो देखिएको हो।
सङ्क्रामक रोगसम्बन्धी एक विशेषज्ञले पछिल्लो आँकडालाई अस्वाभाविक भन्दै कोभिड-१९ ले नेपालमा फरक खालको स्थिति देखाउनु चिन्ताजनक भएको जनाएका छन् । तर यसमा मत बाझिएको छ । अर्का एक विज्ञले व्यापक स्तरमा भाइरस फैलिएकाले पछिल्लो अवस्था देखापरेको हुनसक्ने उल्लेख गर्दै सङ्क्रमणबाट बढी प्रभावित भनिएका उमेर समूहमा मोटोपन, मधुमेह र उच्च रक्तचाप जस्ता समस्या रहेको टिप्पणी गरेका छन्।
स्वास्थ्य अधिकारीहरूले कोभिड-१९ को सङ्क्रमण दर नियन्त्रणका लागि स्वास्थ्य सुरक्षाका मापदण्डहरूको पालनामा जोड दिँदै त्यसबाट मात्र बढ्दो सङ्क्रमणका घटनाले निम्त्याउन सकिने चुनौती सम्बोधन गर्न सकिने सुझाएका छन्।नेपालमा सरकारी अनुमान झैँ दैनिक ११ हजार सङ्क्रमित थपिए के होला ?
कोभिड बिरामीको शरीरमा अक्सिजन बढाउने भनिएका भ्रामक सुझावहरूले मानिसहरुमा अक्सिजन भण्डारण गर्ने होडबाजी नै चलिरहेको छ । यो अवस्था आउन नदिन के गर्नु पर्ने हो भन्ने बारे सरकारको कुनै अभियान नै छैन ।
स्वास्थ्य मन्त्रालयको आँकडाका अनुसार गत चैत्र १ गतेदेखि वैशाख १६ गतेसम्म कोरोनाभाइरसका कारण ज्यान गुमाउने सबैभन्दा बढी व्यक्तिहरू ५० वर्षदेखि माथिका छन्।त्यसमा ५० देखि ५९ वर्षका ५० जना, ६० देखि ६९ वर्षका ४७ जना र ७० वर्ष वा सो भन्दा माथिका ६३ जना रहेको उल्लेख छ। उक्त अवधिमा कोरोनाभाइरसका कारण नेपालमा ३० देखि ३९ वर्ष उमेर समूहका २० जना र ४० वर्षदेखि ४९ वर्ष उमेर समूहका ४४ जनाको मृत्यु भएको जनाइएको छ।
कोरोनाभाइरसको पछिल्लो लहर नेपालमा पनि घातक बन्दै गएको भन्दै चिन्ता व्यक्त भइरहँदा सरकारले तयार पारेको तथ्याङ्कले कोभिड १९ का कारण १० देखि १९ वर्षको उमेर समूहका २ जना र २० देखि २९ वर्ष उमेर समूहका ५ जनाको ज्यान गएको देखाएको छ । कोभिड सङ्क्रमण दर किन सबैभन्दा उच्च
डेढ महिनाको अवधिमा भयो भन्ने बारे पनि बुझ्नु जरुरी छ । भारतमा संक्रमण दर ह्वात्तै बढेको अवस्थामा पनि यताको सरकारले सिमा ब्यवस्थित गर्ने काम गरेन । सबै पशुपतिनाथको भरोसा भने जस्तै गरिएको छ ।
यसैबीच सबैभन्दा बढी सङ्क्रमण २० देखि ३९ वर्षका व्यक्तिहरूमा पुष्टि भएको छ। उक्त आँकडामा २० देखि २९ वर्षको उमेर समूहका व्यक्तिहरूमध्ये १० हजार ४ सय ५८ जना र ३० देखि ३९ वर्षको समूहका १० हजार २ सय ८७ जनालाई सङ्क्रमण देखिएको छ। ६० वर्ष भन्दा माथिको उमेर समूहका व्यक्तिभन्दा बढी सङ्क्रमण ४० देखि ५९ वर्षका व्यक्तिहरूमा पाइएको छ। ४० देखि ४९ वर्ष उमेर समूहका ७ हजार ६ सय १७ र ५० देखि ५९ वर्ष समूहका व्यक्तिमा ५ हजार २ सय २४ जनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ।
सो अवधिमा ६० देखि ९० वर्षभन्दा माथिको उमेर समूहका ४ हजार २ सय ७७ जनामा सङ्क्रमण पुष्टि भएको उल्लेख गरिएको छ।
कोभिडका कारण नेपालमा हालसम्मकै सर्वाधिक दैनिक मृत्यु सुरु भएको छ । तथ्याङ्कले ९ वर्षभन्दा मुनिका ८ सय ९० जनामा र १० देखि १९ वर्षका ३२ सय ९२ जनामा सङ्क्रमण देखिएको पनि उल्लेख गरिएको छ । सरकारको लाचारी र सिमाबाट ओईरिएको जनलहरले नपाली जनतालाई बचाउन नसकिने अवस्था बिकसित हुँदै गरेको अनुमान गर्न सकिन्छ । सरकारले स्वास्थ्य संकटकाल लगाएर बिदेशी सहयोगको ढोका खोल्ने आधार बनाउँदै छ देशभित्र कोरोना फैलाएर ! जनता सचेत बन्नु जरुरी छ ।-जनधारणा साप्ताहिकबा


















