काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले कोरोना संक्रमणबाट जोगिन आवश्यक विभिन्न सामग्रीको उत्पादन मात्रै होइन निःशुल्क वितरण पनि गरिरहेको छ।
केन्द्रका अध्यक्ष महावीर पुनले अहिले काठमाडौं उपत्यका र बाहिरी जिल्लाहरुमा पीपीई र फेस शिल्ड निःशुल्क वितरण गरिरहेको बताए। उनका अनुसार केन्द्रबाट दैनिक २ सयभन्दा धेरै पीपीई र फेस शिल्ड वितरण भइरहेको छ ।
पीपीई र फेस शिल्ड लिनका लागि मानिसहरु भीड लाग्ने गरेका छन् । आविष्कार केन्द्रले विभिन्न सामग्रीको प्रयोग गरी आफैंले पीपीई, फेस शिल्ड, स्वाब संकलनका लागि आवश्यक स्टिकलगायतका सामग्री उत्पादन गरिरहेको छ। केन्द्रले अक्सिजनको हाहाकार कम गर्नका लागि मिनी अक्सिजन प्लान्ट बनाउने बैकल्पिक अवधारणामा पनि छलफल गरिरहेको छ।
















