नेपालसहित चार नेतामाथि गरिएको कारवाही फुकुवा

147

काठमाडौं । नेकपा (एमाले)ले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरिएको कारवाही फुकुवा गर्ने निर्णय गरेको छ।

बिहीबार बालुवाटारमा स्थायी कमिटी बसेको बैठकले कारबाही फुकुवा गर्ने निर्णय गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जनाए। नेपालसहित नेताहरू भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरिएको कारबाही फुकुवा गर्ने निर्णय भएको उनले जनाए।

नेपालसिहतका नेताहरू एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको मोर्चावन्दीमा छन्। नेपाल पक्षका २८ जना सांसद प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिँदा अनुपस्थित भएका थिए। जसका कारण ‌ओलीले विश्वासको मत लिन असफल भए।

नेपाल पक्ष ओलीइतरको सरकार बनाउन गठनबन्धनलाई सहयोग गर्ने नीतिमा छ। यसका लागि आफ्नो पक्षका निर्वाचित सांसदलाई राजीनामा गराउनेसम्मको नेपाल पक्षको तयारी छ।

यसैलाई रोक्ने रणनीतिस्वरुप ‌ओलीले स्थायी कमिटी बैठकबाट कारबाही फुकुवाको निर्णय गराएका हुन्। राजीनामा रोक्न ओलीले बिहीबार नै अर्थमन्त्री एवं एमाले स्थायी कमिटी सदस्य विष्णु पौडेललाई नेपालनिवास कोटेश्वर पठाएका थिए। राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि दाबी गर्न दिएको समयसीमा आज सकिँदैछ। विपक्षी गठबन्धनले बहुमत पुर्‍याउन नसके पुन: ओली नै प्रधानमन्त्री हुनेछन्।

उनी प्रतिनिधि सभाको पहिलो ठूलो दलको नेताका रुपमा प्रधानमन्त्री हुनेछन्। त्यसरी नियुक्त भएको प्रधानमन्त्रीले ३० दिनभित्र फेरि विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here