युइएफएको फाइनल खेल पोर्चुगलमा हुने

105

काठमाडाैं/युइएफए च्याम्पियन्स लिगको यो सिजनको फाइनल खेल पोर्चुगलमा हुने भएको छ। काेराेनाकाे दोस्रो लहरका कारण टर्कीलाई इंग्ल्यान्ड सरकारले रेड जोनमा राखेपछि फाइनल खेल पोर्चुगलमा सारिएको हो।

अघिल्लो सिजन पनि टर्कीको इस्तानबुलमै हुने भनिएको फाइनल पोर्चुगलमा सारिएको थियो। युइएफएले ब्रोडकास्टर्स र युइएफएका पदाधिकारीलाई बेलायत प्रवेश गर्दा क्वारेन्टिनको समयसिमा घटाउन माग गरेका थिए।

उनीहरुले अन्य खेल प्रभावित हुने भन्दै १० दिनकाे समयसिमा माग गरेका थिए। तर, त्यो शर्तलाई बेलायत सरकारले अस्वीकार गरेपछि फाइनल पोर्चुगलमा सारिएको हो।

पोर्चुगल इंग्ल्याण्डको ग्रीन जोनमा रहेको छ। पोर्चुगलमा बेलायती समर्थक जान सहज हुनेपनि बताइएको छ। २९ मेमा हुने फाइनलमा दुई इंग्लिस क्लब म्यानचेस्टर सिटी र चेल्सी भिड्दैछन्।

फाइनलका लागि चेल्सी र म्यानचेस्टर सिटीले ६ हजारसम्म टिकट पाउनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here