सङ्क्रमितहरूको उपचारका लागि अक्सिजन उत्पादन बढाइने

249
clS;hg KnfG6 h8fg unsf]6, & k'; M wf}nflu/L c~rn c:ktfn afun'ªdf u08sL k|b]z ;/sf/sf] ;fdflhs ljsf; dGqfnosf] ?= ($ nfvsf] nfutdf xfn} h8fg ul/Psf] clS;hg KnfG6 . KnfG6n] clS;h pTkfbg yfn]kl5 c:ktfnn] b}lgs !% b]lv @) l;lnG8/ clS;hg vl/b ug'{kg]{ cj:yf x6]/ uPsf] 5 . t:jL/Mv]d/fh uf}td÷ /f;;

वीरगञ्ज । सरकारले कोभिड–१९ का सङ्क्रमितहरूको उपचार तथा उपचारका लागि अत्यावश्यक अक्सिजनको उत्पादन बढाउन र सोको व्यवस्थापनका लागि थप सजग र क्रियाशील रहेको जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अक्सिजनको उत्पादन बढाउने, अक्सिजन उद्योगहरूमा बिनाव्यवधान २४सै घण्टा विद्युत् र पानीको सुविधा सुनिश्चित गर्ने, उद्योगको सुरक्षाका लागि पर्याप्त व्यवस्था मिलाउने, अक्सिजनको उत्पादनसँग सम्बद्ध कर्मचारी अस्वस्थ भएमा तत्काल अस्थायी कर्मचारीरप्राविधिकद्वारा उत्पादन कार्य सञ्चालन हुनसक्ने वैकल्पिक व्यवस्था गर्ने निर्णय गरिएको जनाएको छ ।

उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा नेपाल सरकारका मुख्य सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवहरू, गृह सचिव, उद्योग सचिव, औषधि व्यवस्था विभागका महानिर्देशक, स्वास्थ्य सेवा विभागका महानिर्देशक, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षलगायत विभिन्न निजी क्षेत्र तथा जनप्रतिनिधिको सहभागिता रहेको बैठकले सो निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता किरणराज आचार्यले जानकारी दिए ।

बैठकले विदेशबाट अक्सिजन ट्याङ्कर आयात गरेर नेपालमा नै भर्ने, तरल अक्सिजन आयात गर्ने, प्रमुख अस्पतालमा हावाबाट अक्सिजन उत्पादन गर्न सक्ने प्रविधियुक्त अक्सिजन प्लान्ट तत्काल आयात गरी जडान गर्ने, स्वास्थ्य मन्त्रालयले आईसीयू, एचडीयू, भेन्टिलेटर र बिरामीको सङ्ख्याको तथ्याङ्क प्रकाशन गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ । गोरखापत्र दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here