आजदेखि चन्द्रागिरि नगरपालिकामा एक साताका लागि सिल

142

काठमाडाैं  । चन्द्रागिरि नगरपालिकामा आजदेखि एक साताका लागि सिल गरिएको छ । कोरोना सङक्रमितको संख्या बढ्दै गएको भन्दै नगरपालिकाले आजदेखि एक साताका लागि सिल गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका मेयर घनश्याम गिरीको अध्यक्षतामा बसेको बैठकले जेठ १ गते बिहान ६ बजेदेखि ७ गते बिहान ५ बजेसम्म नगरपालिका पूर्णरुपमा सिल गर्ने निर्णय गरेको छ ।

नगरपालिकामा सिल भएसँगै घर बाहिर हिँडडुल गर्न पूर्ण रुपमा रोक लगाउनुका साथै औषधि पसल र स्वास्थ्य संस्थाका सेवाबाहेक अरु सेवा र पसल पूर्णरुपमा बन्द रहने नगरप्रमुख गिरीले जानकारी दिनुभयाे।

चिनियाँ खोपको दोस्रो मात्रा लगाउनेका लागि पहिलो पटक लगाएको खोपको कार्डका साथ तोकिएको मितिमा खोप केन्द्रसम्म जान पाउनेछन् । एम्बुलेन्ससहित स्वास्थ्य, खानेपानी, दुग्ध, फोहोरमैला र कृषि उपजका गाडी स्वास्थ्यका मापदण्ड पालना गरी गुड्न पाउने नगरप्रमुख गिरीकाे धारणा  छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here