कोरोना सङ्क्रमितको सङ्ख्यामा कमी

197
KRASNODAR, RUSSIA - MARCH 20, 2020: An employee processing samples while conducting COVID-19 coronavirus tests at the Microbiology Lab of the Hygienic and Epidemiological Center in the Krasnodar Territory, part of the Russian Federal Service for Surveillance on Consumer Rights Protection and Human Wellbeing (Rospotrebnadzor). Igor Onuchin/TASS Ðîññèÿ. Êðàñíîäàð. Ñîòðóäíèöà âî âðåìÿ ïåðâè÷íîé îáðàáîòêè ïðîá áèîëîãè÷åñêîãî ìàòåðèàëà íà êîðîíàâèðóñ COVID-19 â ìèêðîáèîëîãè÷åñêîé ëàáîðàòîðèè èñïûòàòåëüíîãî ëàáîðàòîðíîãî öåíòðà ÔÁÓÇ "Öåíòð ãèãèåíû è ýïèäåìèîëîãèè â Êðàñíîäàðñêîì êðàå". Ó÷ðåæäåíèå âõîäèò â åäèíóþ ôåäåðàëüíóþ öåíòðàëèçîâàííóþ ñèñòåìó îðãàíîâ, îñóùåñòâëÿþùèõ ãîñóäàðñòâåííûé ñàíèòàðíî-ýïèäåìèîëîãè÷åñêèé íàäçîð. Èãîðü Îíó÷èí/ÒÀÑÑ

काठमाडौं । नेपालमा नयाँ कोरोना सङ्क्रमितको सङ्ख्या केही कम हुन थालेको छ । एकै दिन नौ हजारभन्दा बढी सङ्क्रमित फेला पर्ने गरेकोमा शुक्रबार देशभर आठ हजार ५२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशका अधिकांश भागमा लगाइएको निषेधाज्ञा र स्वास्थ्य मापदण्डमा गरिएको कडाइले कोरोना सङ्क्रमण थप वृद्धि नहुने देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २० हजार ९४८ जनाको पीसीआर र एन्टिजेन विधिबाट कोरोना परीक्षण भएको थियो । पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ हजार ४६७ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५३ जना सङ्क्रमित थपिएका हुन् । यस्तै वितेको २४ घण्टामा थप २०३ जना सङ्क्रमितको मृत्यु भएको छ । अघिल्लो दिन २१४ जना सङ्क्रमितको मृत्यु भएको थियो । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुने सङ्ख्या चार हजार ६६९ पुगेको छ ।

अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख सात हजार ३३६ पुगेको छ । मन्त्रालयका अनुसार शुक्रबार देशभरबाट छ हजार १३५ जना सङ्क्रमित निको भएका छन् । योसहित हालसम्म कोरोना निको हुनेको सङ्ख्या तीन लाख २७ हजार ६५३ पुगेको छ । निको हुने दर कूल सङ्क्रमितको ७४ दशमलब ५ प्रतिशत हो ।

काठमाडौँ उपत्यकामा थप तीन हजार ३४९ जना कोरोना सङ्क्रमित थपिएका छन् । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा दुई हजार ४५८, भक्तपुरमा ३३५ र ललितपुरमा ५५६ जना गरी थप तीन हजार ३४९ जना थपिएका हुन् । हाल एक हजार ३३४ जना आईसीयू र ३७१ जना सङ्क्रमित भेन्टिलेटरमा उपचार गराइरहेका छन् । गोरखापत्र दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here