जसपाको कार्यकारिणी समितिको बैठक शुरु

94

काठमाडाैं  । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षको कार्यकारिणी समितिको अनाैपचारिक बैठक बसेेेेेकाे छ।

बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय बालकुमारीमा  बसिरहेकाे बैठकमा नयाँ सरकार गठनको विषयलाई लिएर जसपा दुई धारमा विभाजित हुँदै आएको छ। उपेन्द्र-बाबुराम पक्ष वर्तमान सरकारको विकल्प खोज्नुपर्ने पक्षमा उभिँदै आएको छ भने महन्थ ठाकुर-राजेन्द्र महतो पक्ष त्यसको विपक्षमा रहेकाे छ । ठाकुर-महतो पक्षले साथ नदिएपछि कांग्रेसको नेतृत्वमा बहुमतीय सरकार बनाउने विपक्षी दलहरुको प्रयास असफल भएको थियो।

यससँगै जसपा विभाजनतर्फ उन्मुख भएको चर्चा चलिरहेका बेला उपेन्द्र-बाबुराम पक्षको कार्यकारिणी समिति बैठक बसेकाे हाे ।  बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीभित्रको अन्तरसंघर्षबारे छलफल पनि हुने एक नेताले जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here