नेपालले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि आरजु देउवा जापानमै अड्किइन्

428

काठमाडौं । तीन महिनादेखि जापानमा उपचाररत रहेकी कांग्रेस नेतृ तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमती डाक्टर  आरजु  देउवा राणाले आफू अस्पतालबाट ३ महिनापछि डिस्चार्ज भए पनि स्वदेश फर्किन नपाएको जनाएकी छन्।

सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश जारी गर्दै उनले नेपालमा कोरोनाविरुद्धको लडाइँमा खटिएका स्वास्थ्यकर्मी, अस्पताल व्यवस्थापक, अस्पताल कर्मचारी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई धन्यावाद दिएकी छन्। उनले कोरोना संक्रमितहरुको स्वास्थ्य लाभको कामना पनि गरेकी छन्। नेतृ देउवाले कोरोनाविरुद्धको लडाइँमा आफूले सक्ने जति सहयोग गर्ने र गरिरहेको समेत जनाएकी छन्।

डाक्टर देउवाको जटिल अप्रेशन भएको थियो। तर, कोरोना महामारीका कारण नेपालले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि उनी जापानमै अड्किएकी हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here