सर्वोच्चमा चार प्रदेशसभा सदस्यले आफूहरुमाथि भएको कारबाहीको विरुद्ध दायर रिट

620

काठमाडौं । लुम्बिनी प्रदेशका चार जना प्रदेशसभा सदस्यले आफूहरुमाथि भएको कारबाहीको विरुद्धमा दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालले दायर गरेको रिट आइतबार सर्वोच्चमा दर्ता भएको हो।

सर्वोच्चका सुचना विज्ञ किशोर पौडेलले चार जना सांसदहरुले दायर गरेको रिट दर्ता भएको जानकारी दिए। उनीहरुको रिट वैशाख १९ गने सर्वोच्चले दर्ता नगरी फर्काइदिएको थियो। पूर्ण बैठकले बन्दी प्रत्यक्षीकरण र कोरोना बाहेकका सेवा स्थगन गर्ने निर्णय गरेको थियो।

अहिले कोभिड र बन्दी बाहेक केही महत्वपूर्ण रिटमा सुनुवाई गर्ने निर्णय भएको हुनाले जसपाका सांसदहरुको रिट दर्ता गरिएको पौडेलले जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here