सेती सभागृहलाई अस्थायी कोरोना अस्पताल बनाइने

87
Hospital building, medical icon. Healthcare, hospital and medical diagnostics. Urgency and emergency services. Vector illustration in flat style

डोटी । जिल्लाका कोरोना सङ्क्रमित बिरामीलाई उपचारमा सहज होस् भन्ने उदेश्यले त्यहाँको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुरमा रहेको सेती सभागृहलाई अस्थायी कोरोना अस्पताल बनाइने भएको छ ।

दिपायल सिलगढी नगरपालिकाको पहलमा यहाँ नौवटै स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, स्वास्थ कार्यालय प्रमुख, जिल्ला अस्पतालका प्रतिनिधि, नागरिक समाज तथा पत्रकारसहित सर्वपक्षीय सहभागी बैठकले उक्त सभाहललाई ५० श्ययाको अस्थायी कोरोना अस्पताल बनाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताए ।

उक्त बैठकले सभाहललाई अस्थायी कोरोना अस्पताल बनाइ जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र ९डिसिसिएमसी० लाई व्यवस्थापकीय जिम्मेवारी दिने निर्णय समेत गरेको छ । उक्त अस्थायी अस्पतालको प्रभावकारी सञ्चालनका लागि आवश्यक जनशक्ति, अन्य स्रोत साधनलगायतका विस्तृत विवरणसहितको प्रतिवेदनका लागि जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख उद्धवबहादुर ठगुन्नाको संयोजकत्वमा पाँच सदस्यीय एक अध्ययन प्रतिवेदन टोलीसमेत बनाइएको छ ।

उक्त टोलीले यहि जेठ ४ गतेसम्म डिसिसिएमसीलाई प्रतिवेदन पेश गर्नुपर्ने निर्णय गरेको जिल्ला अस्पतालका अध्यक्ष यज्ञराज जोशीले जानकारी दिए । उक्त अस्पतालका लागि ३० श्यया जिल्ला अस्पताल र २० श्यया दिपायल राजपुरमा रहेको सुजङ अस्पतालले उपलब्ध गराउने भएका छन् । डाक्टरसहित अन्य स्वास्थ्यकर्मी, अक्सिजन सिलिन्डर, औषधी, फर्निचरलगायत सबै व्यवस्थापन जिल्लाका सबै स्थानीय तहले गर्ने निर्णय गरिएको दिपायल सिलगढीका निमित्त कार्यकारी प्रमुख खेमराज गुरुङले जानकारी दिए ।-रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here