ब्राजिललाई २–१ ले हराउँदै नर्वेले अन्तिम ८ मा स्थान बनायाे

4
Brazil's Gabriel Magalhaes (3) heads the ball away from Norway's Erling Haaland during the World Cup round of 16 soccer match between Brazil and Norway in East Rutherford, N.J., near New York, Sunday, July 5, 2026. (AP Photo/Seth Wenig)

काठमाडौं। नर्वे फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ।

भर्खरै सम्पन्न खेलमा ब्राजिललाई २–१ ले हराउँदै नर्वेले अन्तिम ८ मा स्थान बनाएको हो। नर्वे पहिलोपटक विश्वकपको क्वाटरफाइनलमा प्रवेश गर्यो।

नर्वेको जितमा दुवै गोल एर्लिङ हालान्डले गरे। उनले खेलको ७९ औं र ९० औं मिनेटमा गोल गरेका हुन्। ब्राजिलका लागि अन्तिममा नेयमारले सान्त्वना गोल फर्काए। खेल सकिनै लाग्दा ९०+१० औं मिनेटमा उनले पेनाल्टीमार्फत गोल गरेका हुन्।

योसँगै उनले जारी विश्वकपमा गोल संख्या ७ पुर्याएका छन्। गोन्डेन बुटको दौडमा अर्जेन्टिनाका लियोनल मेसी, फ्रान्सका किलियन एम्बाप्पे पनि ७ गोलसँगै दौडमा छन्।

नर्वेले क्वाटरफाइनलमा इंग्ल्यान्ड र मेक्सिकोसँगको विजेतासँग खेल्नेछ। पाँच पटकको विजेता ब्राजिलको भने विश्वकप यात्रा अन्तिम १६ बाटै टुंगिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here