काठमाडौं/अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले विद्यार्थीहलाई कोरोना बिरुद्धको खोप लगाउन र निषेधाज्ञा अवधिभरको कोठा भाडा मिनाहा गर्न सरकारसँग माग गरेको छ।
अनेरास्ववियुले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थीको लागि राहत प्याकेजको समेत व्यवस्था गर्न माग गरेको हाे। ‘विद्यार्थीलाई कोरोना भ्याक्सिन, निषेधाज्ञा अवधिभरको कोठा भाडा मिनाहा तथा विद्यार्थीलाई राहत प्याकेजको व्यवस्था गर्न सरकारसँग जोडदार माग गर्दछौ,’अध्यक्ष सुदेश पराजुलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘निषेधाज्ञा भरिको कोठा भाडा मिनाहा गर्न विषयमा सहजीकरण गर्न सबै घरबेटीहरूलाई अनुरोध गर्दछौँ।’
विज्ञप्तिमार्फत निषेधाज्ञाभरको अनलाइन शुल्क नलिन पनि सबै निजी विद्यालयहरुलाई आग्रह गरिएकाे छ। त्यस्तै, इजरायल र प्यालेस्टाइन बीच भएको युद्ध रोकी द्धिपक्षीय वार्ता तथा शान्ति प्रक्रिया मार्फत समस्या समाधान गर्न दुवै देशलाई आग्रह गरेको छ।



















