आँखारोग विशेषज्ञ डा पूज्यश्री कार्कीको कोरोना संक्रमणबाट निधन

90

काठमाडौं । आँखारोग विशेषज्ञ डा पूज्यश्री कार्कीको कोरोना संक्रमणका कारण निधन भएको छ। उनको उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो।

नेपाल चिकित्सक संघका अनुसार डा कार्कीको आइसीयूमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो।

डा.कार्की ललितपुरको किस्ट मेडिकल कलेजमा कार्यरत थिइन्। संघले एक विज्ञप्ति जारी गर्दै देशले एक प्रतिष्ठित र कुशल नेत्ररोग विशेषज्ञ गुमाएको भन्दै दुख व्यक्त गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here