काठमाडौं । कुवेतमा हुने विश्वकप छनोट खेल र इराक विरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलिको घोषणा भएको छ ।
नेपाली राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बन्द प्रशिक्षणमा रहेका ९ खेलाडीलाई बाहिर राख्दै २३ सदस्यीय नेपाली टिम घोषणा गरिएको हुन ।
अब्दुल्लाहले छनोट गरेको अन्तिम नामावलीमा भरत खवास, रञ्जित धिमाल, अमित तामाङ्ग, सेसहाङ्ग आङ्गदेम्बे राइ, रविशंकर पासवान, निशान खड्का, विवेक बस्नेत, नितिन थापा र दर्शन गुरुङ्ग अटाएका छैनन् । सुरज ठकुरी, कमल थापा, गौतम श्रेष्ठ, आयुष घलान र मनिष डाँगी भने पहिलो पटक राष्ट्रिय टिममा अटाएका छन ।
नेपालले आगामी मे २९ मा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने छ भने मैत्री खेल पश्चात नेपालले विश्वकप छनौटको दोश्रो चरण अन्तर्गत जुन ३ मा चाइनिज ताइपेइ, जुन ७ मा जोर्डन र जुन ११ मा कुवेत विरुद्ध खेल्ने छ ।
विश्वकप छनोट र इराक विरुद्धको मैत्रीपूर्ण खेलको लागि नेपालको टिम :
गोलरक्षक: किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की
डिफेन्डर: रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास
मिडफिल्डर: विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज ठकुरी, पुजन उपरकोटी, आयुष घलान
फरवार्ड: अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा


















