काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक खड्गजित बरालको ९३ वर्षको उमेरमा निधन भएको छ।
बरालको आज विहान १० बजे महाराजगञ्जस्थित निवासमा मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए। उनको आजै दिउँसो आर्यघाटमा अन्त्येष्टि गरिने कुँवरको भनाइ छ। बराल २०२९ सालदेखि २०३५ सालसम्म नेपाल प्रहरीको महानिरीक्षक बनेका थिए। बराल पूर्वसांसद एवम् बर्माका लागि पूर्वराजदूत समेत हुन्।