काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर सिटीका सर्वाधिक सफलमध्येका एक खेलाडी एवम् अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरो अर्को महिना बार्सिलोना जाने भएका छन्।
अगुएरो अर्को महिना सम्झौता समाप्त भएपछि बार्सिलोना जाने भएका हुन्। स्पेनिस क्लब बार्सिलोनासँग दुई वर्षको सम्झौतामा हस्ताक्षर गर्न उनी सहमत भएको बेलायती अनलाइन गार्डियनले जनाएको छ।















