यस्ताे रहेकाे छ मुक्तिनाथकाे मिस्ड कल बैंकिङ्ग सेवा

89

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्राहकहरुको सुविधाको लागि मिस्ड कल बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । ग्राहकले यस मिस्ड कल बैंकिङ्ग सेवाबाट बैंकको निक्षेप तथा कर्जा सम्बन्धी सेवाबारे सहजै जानकारी लिन सक्नेछ ।

यो सुविधा लिन ग्राहकहरुले निम्न मोबाइल नम्बरहरुमा बैंकको कार्यालय समयभित्र मिस्ड कल गर्नुपर्ने छ र केही समयमै बैंकबाट ग्राहकको जिज्ञासाको लागि सोही नम्बरमा सम्पर्क गरिनेछ ।

निक्षेपसँग सम्बन्धित सेवाको जानकारीका लागि ९८०१११००२२
कर्जासँग सम्बन्धित सेवाको जानकारीका लागि ९८०१११००२३

साथै डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न VISA Network अन्तर्गतको जुन सुकै बैंकको ATM बाट विना कुनै शुल्क रकमझिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाताखोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here