कोभिसिल्ड अग्रपंतिमा काम गर्नेले दोस्रो मात्रा लगाउन निर्देशन

180

स्वास्थ्य मन्त्रालयले महामारीमा अग्रपंतिमा रहेर सेवा गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाईकर्मीलगायतलाई दिने व्यवस्था मिलाउन पत्राचार गरेको छ।

स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम(आइसिएस) को जेठ ५ गते बैठकले  हाल विभिन्न प्रदेश र जिल्लामा मौज्दात कोभिसिल्ड खोप फागुन २३ गतेभन्दा अगाडी पहिलो प्राथमिकतामा परी दोस्रो मात्रा लिन छुट भएका व्यक्तिहरुलाई दिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

काठमाडौं, ललितपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा र नुवाकोटको हमा भेरोसेल खोपको दोस्रो मात्राको समय तालिकासँग नबाँझिने गरी खोप सेवा संचालन गर्न पनि ध्यानार्षण गराइएको छ।

मन्त्रालयले सबै स्थानमा खोप अभियान संचालन गर्दा जनस्वास्थ्यका मापदण्ड अनाएको सुनिश्चिता गर्न पनि अनुरोध गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here