कोभिड अध्यादेश कार्यान्वयनमा अवरोध गरेमा एक वर्षसम्म कैद वा पाँचलाख रुपैयाँ जरिबाना हुने

222

 काठमाडौं  जिल्ला प्रशासन कार्यालयले कोभिड अध्यादेश कार्यान्वयनमा कुनै काम गर्न बाधा अवरोध सिर्जना गरेमा एक वर्षसम्म कैद वा पाँचलाख रुपैयाँ जरिबाना वा दुवै सजाय गर्न सक्ने चेतावनी दिएको छ । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जारी गरेको सार्वजनिक जानकारीमा यस्तो व्यवस्था गरिएको उल्लेख छ ।

अध्यादेश बमोजिम जारी भएको मापदण्डको पालना गर्नुपर्ने, पालना नगरेमा ६ महिनासम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने उल्लेख गरिएको छ । मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकैपिच्छै एकसय रुपैयाँ जरिबाना लगाइने भएको छ ।

यस्तो छ सार्वजनिक जानकारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here