कोरोना नियन्त्रण गर्न स्वास्थ्य संकटकाल लगाउन स्वास्थ्य मन्त्रालय सकारात्मक 

83

काठमाडौं ।  कोरोना संक्रमण नियन्त्रणका लागि स्वास्थ्य संकटकाल लगाउन स्वास्थ्य मन्त्रालय सकारात्मक रहेको स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले  जनाएका छन्।

मन्त्रालयले आज गरेको भर्चुअल पत्रकार सम्मेलनमा उनले विज्ञहरुले संक्रमण नियन्त्रणका लागि स्वास्थ्य संकटकाल लगाउन दिएको सुझावलाई मन्त्रालयले सकारात्मक रुपमा लिएको जनाएका हुन्।

यस्तै उनले हाल कोरोना विरुद्धको खोप खरिदका लागि विभिन्न देशसँग उच्चस्तरमा छलफल गरिरहरेको समेत बताए। हाल कोरोना रोकथाम, नियन्त्रण र उपचारमा सहज होस् भनेर अध्यादेश ल्याइएको र सोही अध्यादेशअनुसार काम अगाडि बढाउने समेत  जनाए।​

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here