संसद पुर्नस्थापनाको माग गर्दै शिर्षस्थ नेता १४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा रिट दायर

217

काठमाडौं । विपक्षी गठबन्धनका सांसदहरुले संसद पुर्नस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

सोमबार नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जनता समाजवादी पार्टी र जनमोर्चा सहितका पाँच दलका शिर्षर्थ नेता आफ्ना १४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा रिट दायर गर्न पुगेका हुन् ।

उक्त रिटममा संसद विघटन सम्बन्धी मन्त्रिपरिषद्को निर्णय खारेज, संसद अधिबेशनको मिति तोक्नुपर्ने र संविधानको धारा ७६ (५) बमोजिम शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्न भन्दै तीन माग गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले विहिबार २१ घण्टाभित्र संविधानको धारा ७६ (५) अनुसार बैकल्पिक सरकारका लागि आव्हान गरेपछि नेपाली कांग्रेसका सभापतिको नेतृत्वमा नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनले १४९ सांसदको हस्ताक्षर शितल निवासमा बुझाएपनि राष्ट्रपतिद्धारा दावी नपुगेको भन्दै प्रधानमन्त्री पदमा नियुक्त गर्न नमिलेको आदेश जारी गरिएको थियो । त्यसलगत्तै शुक्रबार मध्यरातमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचनको घोषणा गरेकी थिइन् ।

राष्ट्रपतिको उक्त कदमलाई असंबैधानिक मान्दै संसद पुर्नस्थापनाको माग गर्दै विपक्षी गठबन्धनले सोमबार दिउँसो सर्वोच्चमा रिट दायर गरेका हुन् ।

के छ त रिट निवेदनमा ?

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here