प्रधानमन्त्री विरुद्ध त्रिपाठीद्वारा मुद्दा दायर

74

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी ओलीले अदालतको अवहेलना गरेको जिकिर गर्दै सशरीर अदालतमा उपस्थित गराई कैद र जरिवानाको मागसहित मुद्दा दायर गरेका छन् । आज उनले ओलीमाथि सर्वोच्च अदालतको ११ फागुनमा प्रतिनिधि सभा विघटनको कदम असंवैधानिक ठहराई पुनःस्थापना गर्ने आदेश विपरित पुनः विघटन गरेर अदालतको अवहेलना गरेको भन्दै मुद्दा दायर गरेका हुन् ।

रिटमा प्रधानमन्त्री ओलीलाई २४ घन्टा सशरीर उपस्थित गराउन भनिएको छ । उनीमाथि अधिकतम् १ वर्ष कैद एवं दश हजार जरिबानाको समेत माग गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here