भारतबाट सिंगापुर जान लागेको मालवाहक पानीजहाजमा आगलागी

24
Smoke rises from a fire onboard the MV X-Press Pearl container ship off the Colombo Harbour, in Sri Lanka May 25, 2021. Sri Lanka Airforce Media/Handout via REUTERS ATTENTION EDITORS - THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY. MANDATORY CREDIT. NO RESALES. NO ARCHIVES. TPX IMAGES OF THE DAY

एजेन्सी । भारतबाट सिंगापुर जान लागेको एउटा पानी जहाजमा आगलागी भएको छ। श्रीलंकाको कोलम्बो हुँदै सिंगापुर जान लागेको एमभी एक्स–प्रेस पर्ल मालवाहक पानीजहाजमा बिस्फोटपछि आगलागी भएको हो ।

भारतको हाजिरा बन्दरगाहबाट १ हजार ४ सय ८६ कन्टेनर सामान बोकेर सिंगापुरको ध्वजावाहक उक्त पानीजहाज मे १५ मा छुटेको थियो ।

जहाजको चालक दलमा फिलिपिन्स, चीन, भारत र रूसका गरी २५ जना रहेको र उनीहरुको श्रीलंकाको नौ सैनिकले उद्धार गरेको बताइएको छ । उद्दार गरिएका मध्ये दुई जनाको अवस्था भने गम्भीर रहेको बताइएको छ ।

आगो नियन्त्रणमा लिन श्रीलंकाली वायु सेनाको हेलिकप्टरबाट केमिकल फालिएको थियो भने जहाजमा रहेका कैयौं कन्टेनर समुन्द्रमा खसेका थिए । पानीजहाजमा भएको रसायनबाट आगो लागेको हुन सक्ने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here