सिरियामा राष्ट्रपतिका लागि निर्वाचन शुरु

191

दमासकस/सिरियामा राष्ट्रपति पदका लागि निर्वाचन शुरु भएको छ । सिरियाली अधिकारीहरुले बुधबार यहाँको राष्ट्रपति पदका लागि शुरु भएको निर्वाचनमा मतदान भइरहेको जनाएका छन् । सुरक्षाको समस्या रहेकोले निश्चित क्षेत्रमा मात्र मतदान भइरहेको बताएका छन् । खासगरी सिरियाको राजधानी र सरकारको नियन्न्त्रणमा रहेका क्षेत्रहरुमा मात्र निर्वाचन प्रक्रिया शुरु भएको जनाइएको छ ।

बुधबार बिहानबाट शुरु भएको मतदान प्रक्रिया आज साँझसम्म नै जारी रहने जनाइएको छ । सिरियाको सरकारको नियन्त्रणमा रहेका क्षेत्रहरुमा मात्र निर्वाचनको मतदान भएको छ । सिरियाका आन्तरिक मामिला सम्बन्धी मन्त्री मोहमद अल रहमाउनले मंगलबार सिरियामा देशभरमा गरेर १२ हजार ओटा मतदान केन्द्रहरु स्थापना गरिएको जानकरी दिनुभएको थियो ।

उहाँले मंगलबार पत्रकार सम्मेलन गरेर बुधबार हुने मतदानको शान्ति सुरक्षाको पनि व्यवस्था मिलाइएको जानकारी दिनुभएको थियो । उहाँले मतदानको कामलाई सुरक्षित रुपमा सम्पन्न गर्ने गरी तयारी भएको जानकारी पनि त्यस अवसरमा दिनुभएको थियो ।

सिरियाका वर्तमान राष्ट्रपति बसार अल असदसहित यहाँका तीन जनाले राष्ट्रपति पदमा उम्मेदावारी दिएका छन् । सिरियामा केही वर्षअघि देखि नै राष्ट्रपति असदका विरुद्धमा आन्दोलन चर्किएको थियो ।

सिरियाका राष्ट्रपति असार अल असदका विरुद्धमा आन्दोलन चर्किएको थियो र जारी आन्दोलनमा भएका हिंसामा चार लाख भन्दा पनि बढी मानिसको ज्यान गएको छ ।-RSS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here