पोखरा । गण्डकी प्रदेशका जिल्लाहरुमा कारोना संक्रमित बढिरहँदा हिमाल पारीको दुई जिल्ला मनाङ र मुस्ताङमा पनि कोरोना संक्रमित बढिरहेका छन् । दिनप्रतिदिन कोरोना संक्रमित बढ्दै गएपछि हिमाली जिल्लामा सन्त्रास फैलिएको छ ।
कोरोना संक्रमणको दोस्रो लहरपछि कोरोनाबाट मनाङ भन्दा मुस्ताङ बढी प्रभावित भएको छ । कोरोना संक्रमणबाट मुस्ताङमा अहिलेसम्म ८ जनाको मृत्यु भइसकेको छ ।
कोरोना संक्रमण बढ्दै गएपछि आइसीयूको समेत ब्यवस्था नभएको मुस्ताङ्का बासिन्दा स्थास्थ्य जटिल भएपछि पोखरा आउनुपर्ने बाध्यता छ ।
कोरोनाको पहिलो लहरमा सून्य संक्रमणजस्तै रहेको मुस्ताङ्मा पछिल्लो ३ हप्तामा मात्रै २ सय ९२ जनामा संक्रमण देखिएको हो । तीमध्ये ८९ जना भने संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टीकाराम भण्डारीले जनाए ।
मुस्ताङ्को घरपझोङ, थासाङ, वारागुङ मुक्तिक्षेत्र तथा उपल्लो मुस्ताङको लोमाङ्थाङमा संक्रमित छन् । स्वास्थ्य कार्यालयकाअनुसार वारागुङ् मुक्तिक्षेत्र गाउँपालिकामा १०२, थासाङ्मा ५६ जना, घरपोझोङमा ३६ जना तथा उपल्लो मुस्ताङ्को लोमाङथाङ्मा ९जना संक्रमित छन् । मुस्ताङ्मा बुधबार ८ जना संक्रमित थपिएका छन् । योसहित २०३ जना सक्रिय संक्रमित छन् ।
आठ वटा बेड रहेको जिल्ला अस्पताल मुस्ताङ्को आइसोलेशनमा ४ जना संक्रमित छन् भने अन्य स्थानीय तहको कोभिड आइसोलेशनमा रहेका छन् । संक्रमितहरु मध्ये १ सय ६८ जना घरमै छन् ।
मनाङमा समेत कोरोनाको नयाँ भेरियन्टले प्र्रभावित बनाएको छ । स्वास्थ्य निर्देशनालयको विवरणअनुसार ८६ जना संक्रमित भएका भएका छन् । तीमध्ये ६१ जना संक्रमणमुक्त भएपछि अहिले २५ जना सक्रिय संक्रमित रहेका छन् ।


















