आजराती नेपाल र ईराकबीच फुटबल हुने

171

काठमाडाैं । नेपालको राष्ट्रिय टिम र ईराकको टिमबीच आज मैत्रीपूर्ण फुटबल हुने भएको छ। नेपाली समय अनुसार आज राती सवा दश बजे सो खेल हुने छ। ईराकको फुटबल एशोशियशनले कोरोनाको महामारीका समयमा पनि नेपाललाई मैत्रीपूर्ण खेल खेल्न आमन्त्रण गरेको थियो।

ईराक अहिले अन्तराष्ट्रिय फुटबल महासंघको फिफाको विश्व वरियतामा ७० औं स्थानमा रहेको छ। फिफा बरियताक्रममा नेपाल हाल १ सय ७१ औं स्थानमा रहेको छ। सन १९९३ मा नेपालको फिफा वरियता १ सय २१ मा पुगिसकेको थियो भने सन २०१६ मा नेपालको बरियता खस्किएर १ सय ९६ स्थानसम्म झरिसकेको थियो।

नेपाललले उन्नाइस वर्षपछि पहिलो पटक इराकसँग मैत्रिपूर्ण फुटबल खेल्दैछ ।इराकको बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा यो खेल हुँदैछ । नेपाल र इराकबीच पहिलो भेट सन् १९८२ नोभेम्बर २३ तारिखमा भएको थियो । एसियाली खेलकुदमा भएको भेटमा नेपाल इराकसँग ३–० गोल अन्तरले पराजित भएको थियो । सन् २००१ अप्रिल १४ मा भएको दोस्रो भेटमा इराकले ९–१ को जित निकालेको थियो । नेपालको लागि एक मात्रै गोल निराजन रायमाझीले गरेका थिए । सन् २००२ को विश्वकप छनोटमा नेपाल इराकसँग ४–२ गोल अन्तरले पराजित भएको थियो । हरि खड्का र निराजन रायमाझीले गोल गरेका थिए ।

पछिल्लो समय थ्री नेसन्स कपको उपाधि विजेता टोलीबाट ईराक गएको नेपाली टिममा १० खेलाडी मात्र परेका छन भने ६ नयाँ खेलाडीलाई टोलीमा अवसर दिईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here