नेपाल इराकविरुद्ध ४–२ गोलले पछि

170

काठमाडौं । अहिले  नेपाली राष्ट्रिय फुटबल टोली र  इराकसँग मैत्रीपूर्ण खेल खेलिरहेको छ ।

बसरास्थित अल्फायहा अन्तर्राष्ट्रिय मैदानमा नेपाल इराकविरुद्ध पहिलो हाफमा ४–२ गोलले पछि परेकाे छ ।

नेपालका लागि मनीष डाँगीले डेब्यु खेलमा गोलका थिए । मनीषले खेलको २९औँ मिनेटमा गोल गर्दै टिमलाई २–१ गोलको अग्रता दिलाए थिए ।

त्यसपछि नेपालले लगातार गोल खान पुग्यो । नेपालले ३९औँ मिनेटमा दोस्रो गोल खाँदा ४०औँ मिनेटमा तेस्रो गोल खाएको थियो । नेपालले चौथो गोल खेलको इन्ज्युरी समयमा खाएको थियो । यसअघि, नेपालले इराकले गोल गरेको एक मिनेटभित्रमै गोल फर्काएको थियो । नेपालले छैटौँ मिनेटमा गोल खाएको थियो भने सातौँ मिनेटमा गोल फर्काएको थियो ।

इराकका कप्तान अला अब्दुल जहर खासिनले फ्रिकिकमार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । त्यसको एक मिनेटमै इराकका अहमद इब्राइम खलादले आत्मघाती गोल गर्दा नेपालले बराबरी गर्ने मौका पाएको थियो ।

नेपालका अन्जन विष्टले बल क्लियर गर्ने क्रममा खलालको प्रहार पोष्टमा लागेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here