१६५ किलो अवैध गाँजासहित ४० वर्षीय गणेश यादब पक्राउ

78

 मोरङ । प्रहरीले सुनसरीबाट भारत जाँदै गरेका एक व्यक्तिको साथबाट १६५ किलो गाँजा बरामद गरेको छ।

कोशी गाउँपालिका-८ भाण्टाबारी पानी ट्याङ्कीस्थित सडकबाट लागूऔषध गाँजासहित सोही ठाउँका ४० वर्षीय गणेश यादबलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो।

भारततर्फ निकासी गर्ने उद्देश्यले सीमातर्फ लैजान तयारी बनाई सडकमा निकालेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उक्त गाँजासहित फेला पारेको हो। यादवलाई हिरासतमा राखेर अनुसन्धान थालिएको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here