काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दैछन्। सरकारमा सहभागी हुने विषयमा छलफलका लािग शीर्ष नेता बालुवाटार गएको जसपाका एक नेताले जनाएका छन् ।
एमाले र जसपा नेताबीच सत्ता गठबन्धनबारे छलफल हुन लागेको उनले बताए। जसपालाई ८ मन्त्रालय दिने समझदारी यसअघि नै भइसकेको छ। ८ मन्त्री र दुई राज्यमन्त्रीसहित जसपाको ठाकुर पक्ष एमाले नेतृत्वको सरकारमा सहभागी हुँदै छ।
भेटका क्रममा जसपाका अन्य मागबारे पनि छलफल हुने जनाइएको छ। नागरिकता अध्यादेश, मधेस आन्दोलनमा लागेका मुद्दा फिर्ता र संविधान संशोधन कार्यदल गठन भएपछि महन्थ ठाकुर पक्षले मधेशका माग एमालेले पूरा गरेको भन्दै सत्तामा सहकार्य हुने जनाएको छ।
















