कराँचीमा सुरक्षा पालेले अन्धाधुन्ध गोली चलाउँदा नौ जना घाइते

153

काठमाडौं । पाकिस्तानको कराँचीमा टेलिभिजन कार्यक्रमको छायाङ्कनको क्रममा सुरक्षा पालेले अन्धाधुन्ध गोली चलाउँदा नौ जना घाइते भएका छन् । छायाङ्कन भइरहेको बंगलामा पाले कार्यरत रहेका थिए ।
डाँन समाचारका अनुसार कराँचीको रक्षा अधिकारीहरुको निबास नजिकै भइरहेको छायाँङ्कनको क्रममा गोली चल्दा २२ देखि ४० वर्ष उमेरका नौ जना घाइते भएका छन् । कराँची प्रहरीले एक वक्तब्य जारी गरी सुरक्षा पाले गुल भाइको कार्यक्रमका प्रोड्युसरसँग भनाभन पर्दा अचानक फायरिङ सुरु गरेको उल्लेख गरेको छ । सुरक्षा पालेलाई नियन्त्रणमा लिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here